सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० की वडा सदस्य सन्ध्या परियारले एसईईको परिक्षा पास गरेकी छन्। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजामा उनि पास भएकी हुन्।

२९ वर्षीया परियारले माध्यमिक शिक्षा परीक्षाको परीक्षामा पास भएपछि वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढाकालले बधाई दिएकी छन्।


उनले फेसबुकमा बधाई दिँदै लेखेकि छिन्, ‘वीरेन्द्रनगर नगरपालिका–१० निर्वाचित वडा सदस्य सन्ध्या परियार एसईई परीक्षा पास हुनुभएकोमा हार्दिक बधाई। मेहनत र लगनशीलता ले नै सफलता प्राप्त गर्ने हो। उज्ज्वल भविष्यको हार्दिक शुभकामना।’
परियारले २०७९ बैशाखमा भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्।

नेपाल कर्म । २२ असार २०८०, शुक्रबार १७:१८