सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगी सेवाग्राहीको सेवामा खटिएका छन्। असार मसान्तमा सेवाग्राहीको चाप बढेपछि कार्याकक्षबाहिर बसेर सेवामा खटिएका हुन्।
नगरपालिकाको कार्यालय बाहिर बसेर सेवाग्राहीलाई काममा सहज वातारण बनाउनका लागि डाँगीले उक्त कार्यको थालनी गरेका हुन्।


प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रले कार्यकक्षमा नबसेर नगरपालिकाको बाहिरबाट सेवा दिइरहेका जानकारी दिए। उनले भने, ‘असार मसान्तमा सेवाग्राहीको चाप बढेकाले कार्यकक्षभन्दा बाहिरबाट सेवा दिँदा छिटो हुने भएकोले बाहिरबाटै सेवा प्रदान गर्ने निर्णय गरेको हुँ।’
साथै प्रमुख प्रशासकीय गेहेन्द्रप्रसादले यसरी सेवा दिँदा नागरिकको काम छिटो हुने र अफिसको फजुअल खर्च समेत बच्ने हुने बताए।

यस्तै, यस अघि प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रले नगरपालिका प्रत्येक फाँटका कोठामा रहेका विद्युतिय साामनहरुको हेरचाहा गर्नुपर्ने निर्देशन दिएका छन्।
उनले प्रत्येक कोठामा जडान गरिएका विद्युतबाट चल्ने पंखा, कम्प्युटर हिटरहरू कर्मचारी बाहिर निस्किदा अनिवार्य बन्द गर्नुपर्ने निर्देशन रहेको छ।

नेपाल कर्म । २२ असार २०८०, शुक्रबार १३:३१