सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–५ बवईबाट अवैध कपडा बरामद गरिएको छ। प्रहरी चेकपोष्ट बवईबाट खटिएको पाँच जनाको प्रहरी टोलीले कपडा बरामद गरेको हो।
प्रहरीले महेन्द्रनगरबाट सुर्खेतका लागि छुटेको ना.७ ख १५८९ नम्बरको बसलाई चेक जाँच गर्दा अवैध कपडा फेला पारेको थियो।

प्रहरीले कुनै बिल नभएको २ वटा जेब्रा झोलामा रहेका कुर्ति ४६ पिस, कुर्ता सुरुवाल १३ पिस, साडि १५ पिस,लेगिज १५ पिस, नाइट ड्रेस ११ पिस गरि जम्मा १०० पिस लेडिज कपडा बरामद गरेको छ।


नेपाल कर्म । २१ असार २०८०, बिहीबार १३:४४