सुर्खेत । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा गाडीमा सवार दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान साढे १० बजेको समयमा गुडिरहेको बसमा करेन्ट प्रवाहहुँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका ४ का ७० वर्षीय बालाराम डाङ्गी र उनका ४० वर्षीय छोरा टोपलाल डाङ्गी रहेका छन्।
सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक गुडिरहेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको
प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दामोदर केसीले दुई जनाको मृत्युसँगै गाडी साउँ छत्रेश्वरी गाउँपालिका–६ सल्यानका ३३ वर्षीय महेन्द्र वली गम्भीर घाइते भएको जानकारी दिए।

सल्यानबाट रोल्पाका लागि छुटेको उक्त बसमा विद्युतको पोललाई सपोर्ट दिन राखिएको तारबाट करेन्ट लागेको प्रहरी प्रमुख केसीको भनाई छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल कर्म । २१ असार २०८०, बिहीबार १२:२०