‘सामाजिक विकास मन्त्रालयको बजेट पुस्तक खै’

सुर्खेत । कर्णालीमा बजेटमाथिको छलफल अन्तर्गत मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ। बुधबार कर्णाली प्रदेशसभाको २० औं बैठकमा प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको बजेटमाथिको छलफल चलाइने कार्यसूची रहेको थियो।



यद्यपि छलफल गर्नुपर्ने मन्त्रालयको बजेट पुस्तक सांसदको हातमा नआएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनायो।एमाले सांसद जितबहादुर मल्लले सुरुमै बजेटमाथिको छलफल अगाडि नबढाउन सभामुख नन्दा गुरुङलाई आग्रह गरे।

‘बजेटमाथिको छलफल भनिएको छ, सबै माननीयको हातमा विषयगत मन्त्रालयका किताबहरु प्राप्त भएको छैन,’ उनले भने, ‘सम्भवत एकदिन अगाडि, भएसम्म समय मिलाएर अध्ययन गर्न सक्ने वातावरण मिल्ने गरि किताब दिनुपर्छ। त्यसपछि मात्रै सल्लाह, सुझाव दिनुपर्ने हो।’

सबैभन्दा धेरै कार्यालय रहेको सामाजिक विकास मन्त्रालयको बजेट किताब अहिलेसम्म प्राप्त गर्न नसकिएको भन्दै उनले बैठक रोक्न आग्रह गरे।

तपाईको प्रतिक्रिया