ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ

रूकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्लाबाट खटिएको प्रहरी टोलिले उक्त मुद्दामा फरार रहेका त्रिवेणी गाउँपालिका–४ खुम्चेरी का २७ वर्षीया विक्रम बाठामगरलाई पक्राउ गरेको हो।



उनलाई प्रहरीले मुसीकोट नगरपालिका–१ खलंगा बजारबाट लुकिछिपि रुपमा बसिरहेको अवस्थामा पक्राउ गरेको थियो।

बाठा मगरलाई जिल्ला अदालत रुकुम पश्चिमको लगत नम्बर १०२५ मा १० हजार जरिवाना र ११ महिना कैद तोकिएको छ।
उनलाई पक्राउ गरेर कैद सजाय र जरिवाना असुल उपरको लागी जिल्ला अदालत रुकुम पश्चिममा पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया