सुर्खेत । डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिका अन्तरगत भेरी नदीमा बनेको तटबन्धनको अनुगमन गरिएको छ। पालिकाको प्रवाधिक टोलीले उक्त तटबन्धनको अनुगमन गरेको हो।
पालिकाका सव–इन्जिनियर बमबहादुर भण्डारीले निर्माण सम्पन्न भेरी नदि तटबन्ध पालिकाको टोलीसहित अनुगमन गरिएको जानकारी दिए।
उनकाअनुसार अनुगमनका क्रममा उक्त तटबन्धनको निर्माणकार्य समय अगावै सम्पन्न भएको छ।

इन्जिनियर भण्डारीले पालिका भित्र भएका पूर्वाधार विकासतर्फका योजना अनुगमनका लागि गाउँपालिका उपाध्यक्ष कर्मा ढुण्डुप गुरूङकाे नेतृत्वमा समिति समेत गठन भएको जानकारी दिए।

यस्तै, हाल पालिका भित्र भएका विकास निर्माणको कामलाई तिब्र रुपमा अगाडी बढाउन कार्यकारी सदस्यहरू, विभिन्न वडाका वडाध्यक्षहरू साथै गाउँपालिका पमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, मणिराज पौडेल, पाविधिक शाखा पमुख,इन्जिजियर हिराबहादुर बोहरा, भतबहादुर बुढा, डिल्लीराज उपाध्याय लगायत गाउँपालिका प्राविधिकहरू लागि परेका छन्।

यस्तै, पालिकामा पहिलाको भन्दा अहिले सबै काम तिब्र रूपमा अगाडि बढ्दै गईरहेको छ।
माथिल्लो डोल्पा सडक सन्जालले छुन सकेको छौन् भने माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका कार्यालय पुग्न डोल्पा सदरमुकामदेखि २ दिनको बाटो हिँड्नुपर्ने हुन्छ।
यस पालिकामा विकास निमार्णमा धेरै चुनौतीपूर्ण देखिए पनि हाल सबै कर्मचारीको पूर्ती भएपछि र उनिहरुको निरन्तर कामले गर्दा पालिकाको विकासले गति लिन थालेको छ।


नेपाल कर्म । १९ असार २०८०, मंगलवार १९:२४