काठमाडौँ । बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि रिक्त रहेको सचिवमा घनश्याम उपाध्याय बढुवा भएका छन्।
मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले सहसचिव उपाध्ययालाई सचिवमा नियुक्त गरेको हो।


रिक्त एक सचिव पदका लागि लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्यय सिफारिस भएका थिए।

जसमा उपाध्ययलाई मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको हो।
उपाध्याय हाल जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी छन्। उनि कर्णाली प्रदेशकाे दैलेख जिल्लामा जन्मिएका हुन्।

नेपाल कर्म । १९ असार २०८०, मंगलवार १८:४४