लागूऔषधसहित वीरेन्द्रनगरबाट लक्ष्मण पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ का २६ वर्षीया लक्ष्मण बुढा हुन्।



उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले लाटिकाइलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। लक्ष्मणको साथबाट नापतौल नगरेको २ पुडिँया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको थियो।

उक्त खैरो दुधो पदार्थसहित लक्ष्मणलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया