कर्णालीमा एमालेलाई एक नम्बर पार्टी बनाउछु : नेता भट्ट

सुर्खेत । नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टले एमालेलाई एक नम्बर पार्टी बनाउने संकल्पसहित कर्णाली आएको दावी गरेका छन्।



जनवर्गीय संगठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आत्मकेन्द्रित सोच त्यागेर पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

इञ्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राखे। ‘जनवर्गीय संगठनको बजार नै पार्टी हो, जनवर्गीय संगठन पार्टीको कारखाना हुन्,’ उनले भने, ‘संगठनका सदस्यहरूले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ।’

पार्टी केन्द्रले पठाएका अन्तरपार्टी निर्देशन, दस्तावेजहरू जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया