केटीएम सिटीको ‘फ्लास सेल’ अफर

काठमाडौं । केटीएम सिटीले फ्लास सेल अफर सार्वजनीक गरेको हो । आईतबारदेखि लागु हुनेगरि केटीएम सिटीले नयाँ अफर सार्वजनीक गरेको हो । नयाँ अफरको समय तीन दिनको रहेको छ ।



आईतबारदेखि मंगलबारसम्म चल्ने यस अफरमा ग्राहकहरुले अनलाईनमार्फत सामान किन्दा अतिरिक्त २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

केटीएम सिटीको वेव साईट र एफमार्फत सामान खरिद गर्दा अतिरिक्त छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय सामान बिक्री गर्दै आएको छ । नेपाल सहित भारत, क्यानडा गरि विश्व बजारमा केटीएम सिटीले नेपाली ब्राण्डका लुगा बिक्री बितरण गर्दै आईरहेको छ ।

केटीएम सिटीले नेपाली खेलकुदसँगै लाईभ स्टाइलसँग जोडिएको विभिन्न कार्यक्रममा समेत सहयोग गर्दै आएको छ । केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट पार्टनर हो ।

तपाईको प्रतिक्रिया