वीरेन्द्रनगरबाट अवैध सामान बरामद

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट अवैध सामान बरामद गरेको छ। वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाबाट उक्त सामान बरामद गरेको हो।



महेन्द्रनगरबाट सुर्खेतका लागि छुटेको ना.७ ख. ३७४ नम्बरको बसबाट अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलीले बसलाई चेक चाँज गर्ने क्रममा कुर्ती १४१ पिस, कुर्ता÷सुरुवाल ४ पिस, सुपर पावर सुर्ती ३८ पिस फेला पारेको थियो।

प्रहरीका अुनसार त्यो सबै सामान अवैध भएपछि प्रहरीले बरामद गरेको जनाएको छ।

यस्तै, भेरीगंगा नगरपालिका–१० तोली खोला पोष्टमा खटिएको प्रहरीले सूर्ती बरामद गरेको छ। कालिदमारबाट छिन्चु बजारका लागि छुटेको भे१ ह३२६५ नम्बरको अटोबाट उक्त सामान बरामद गरेको हो्।

प्रहरीले भारतिय सुपर पावर सूर्ती ५७५६ पिस अन्दाजि ८६ हजार ९४० मूल्य बराबरको रहेको छ।

को सुर्ती बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको ।

तपाईको प्रतिक्रिया