विश्वकपको छनोट चरणबाटै बहिरियो वेष्टइन्डिज

एजेन्सी ।  चार पटकको विश्वकप विजेता वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नुहने भएको छ। जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ।



समूह चरणबाट अंकविहीन हुँदै सुपर सिक्समा पुगेपछि वेस्टइन्डिजको विश्वकप सम्भावना न्यून बनेको थियो। पहिलो खेलमै सुपर सिक्समा स्कटल्यान्डसँगको हारले औपचारिक रुपमै बाहिरिएको हो।

सुपर सिक्समा वेस्टइन्डिजले अव श्रीलंका र ओमानसँग खेल्न बाँकी छ। यी दुई टोलीलाई हराउँदा ४ अंक हुन्छ। तर सुपर सिक्समा समान दुई खेल खेल्न बाँकी रहेका श्रीलंका र जिम्बावेको ६६ अंक हुँदा वेस्टइन्डिज बाहिरिएको हो।

वेस्टइन्डिज कुनैपनि विश्वकपमा पहिलो पटक नहुने भएको छ । सन् १९७५ देखी सुरु भएको विश्वकपमा वेस्टइन्डिज सबै प्रतियोगिता खेल्दै आएको थियो। १९७५ र १९७९ को सुरुवाती दुई संस्करणको वेस्टइन्डिज च्याम्पियन समेत हो।

१९८३ को संस्करणमा उपविजेता बनेको थियो। त्यसपछि भने वेस्टइडिजले विश्वकपको फाइनल खेल्न सकेको थिएन। तर सबै संस्करण खेल्दै आएको थियो। उसले सन् २०१२ र २०१६ मा टी ट्वान्टी विश्वकप जितेको थियो।

तपाईको प्रतिक्रिया