लेवनानलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो।



भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गर्यो। निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो।

लेवननका लागि कप्तान हसन मटुक र खलिल मेहदी गोल गर्न चुके। पेनाल्टी सुटआउटमा पहिलो प्रहार गर्न आएका कप्तान हसनको प्रहारलाई भारतीय गोलकिपर गुरप्रित सिंहले रोकेका थिए। खलिलको प्रहार भने आकासिएको थियो।

८ पटकको साफ च्याम्पियन भारतले मंगलबार उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।

दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेतलाई सहभागी गराएर साफ च्याम्पियनसिपको आयोजना गरिएको थियो। बंगलादेशलाई १–० ले हराउँदै कुवेत यसअघिनै फाइनल प्रवेश गरिसकेको छ।

तपाईको प्रतिक्रिया