
काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले रोमालाई २-० गोल अन्तरले हराएको हो ।

इन्टरको जितमा फेडेरिको डिमार्को र रोमेलु लुकाकुले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए । जितसँगै इन्टरले ३४ खेलमा ६३ अंक जोडेको छ । इन्टर चौंथो स्थानमा रहेको छ । रोमा ५८ अंक सातौं स्थानमा रहेको छ ।

नेपाल कर्म । २४ बैशाख २०८०, आईतवार ११:३५