
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कालिकोट जिल्ला अध्यक्ष मदन रोकाया चयन भएका छन् । शुक्रबार भएको जिल्ला अधिवेशनले रोकायालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
जिल्ला अध्यक्षमा चयन भएपछि रोकायाले नागरिकको माया, विश्वास, सद्भाव र शुभेच्छाले यो जिम्मेवारी पाएको र पार्टीलाई अझै बलियो बनाउने प्रतिबद्धता गरे । ‘आगामी दिनमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र जनताको हितलाई केन्द्रमा राख्दै सबैको साथ, सहयोग र सुझावलाई आत्मसात् गरी पार्टी संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउने प्रयास गर्नेछु,’ उनले भने, ‘अन्तरराजनीतिक दलका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुबाट प्राप्त शुभेच्छालाई पनि उच्च सम्मानका साथ ग्रहण गर्दछु ।’
राजनीतिक विचार फरक भए पनि देश र जनताको हितमा सहकार्य, सहअस्तित्व र आपसी सम्मानको भावना अझ बलियो बनाउँदै अघि बढ्ने विश्वास रोकायाले बताए ।

नेपाल कर्म । २८ भाद्र २०८३, आईतवार ०८:२१