
सुर्खेत । सुर्खेतमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । दैलेख आठबीस नगरपालिका–६ का ३० वर्षीया भिमबहादुर शाही र सोही वडा न. ५ का २७ भुपेन्द्र शाहीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अभद्र व्यबहार सम्बन्धित कसुरमा मुद्दामा अनुसन्धान भएर सोधपुछ–६ का भुपेन्द्र शाहीले आठबीस नगरपालिका–४ राकम खोलीबजार नजिकै खोल्सामा स्वचालित हतियार पेस्तोल लुकाई छिपाई राखेको सूचना प्राप्त भएको सोही सूचनाका आधारमा स्वाचालित पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
भदौ २६ गते स्वाचालित हतियार पेस्तोल रहेको प्रहरी समक्ष बयानमार्फत खुल्न आएको र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली स्थानीय ईलाका प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी उक्त स्थानमा खोजतलास गर्दा खोलि बजार नजिकै रहेको खोल्साको झाडीमा कालो प्लाष्टिकमा पोका बनाई राखेको अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवत्ता कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार स्वचालित हतियार चेकोल्साभियामा बनेकोे १०५०२८ नम्बर उल्लेख रहेको बताए ।
पेस्तोलसहित एक थान म्याग्जिन र पाँच राउण्ड गोली बरामत भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई हातहतियार खरखजना सम्बन्धित कसुरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । २७ भाद्र २०८३, शनिबार १२:०८