कांग्रेस कर्णाली संसदीय दलले बाढीपीडितका लागि दुई लाख २५ हजार राहत कोषमा जम्मा


सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले दुई लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । कांग्रेस संसदीय दलका सदस्यबाट भोटेकोशी बाढीपीडितहरूको राहतका लागि सहयोग स्वरूप दुई लाख २५ हजार रुपैयाँ जम्मा गरेको हो ।

कर्णाली प्रदेशसभामा रहेका कांग्रेसका संसदहरुबाट जम्मा भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।

तपाईको प्रतिक्रिया