भेरीमा बेपत्ताको गोताखोरद्वारा खोजी गरिँदै


सुर्खेत । बुधबार बेलुकी भेरी नदीमा खसेको लु १ ज ३०२२ नम्बरको जिपसँगै बेपत्ता भएका दुई जनाको नेपाल प्रहरी र सुर्खेतबाट गएको सशस्त्रको गोताखोर टोलीद्वारा खोजी भइरहेको छ । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रा नजिकै जिप दुर्घटना हुँदा दुई जना अझैँ बेपत्ता रहेका छन् ।

गोताखोर टोलीद्वारा खोजी भइरहे पनि बेपत्ता गाडीमा सवार दुई जना अहिलेसम्म फेला नपरेकोको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाडीसँगै कुमाख गाउँपालिका–५ का २४ वर्षीय हेमराज बुढाथोकी र सिद्ध कुमाख गाउँपालिका–४ का ४३ वर्षीय भीमबहादुर राना बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया