भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता


सुर्खेत । सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका– १ बांगिरह नजिकै जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । लु.१ज ३०२२ नम्बरको बन्दबडी जिप बालुवा संग्रहीबाट सल्लीबजारतर्फ फर्किने क्रममा बुधबार दुर्घटनामा परेको हो ।

जिप सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेरको र दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले बताए । उनका अनुसार बेपत्ता हुनेको पहिचान खुल्न बाँकी रहेको बताए ।

दुर्घटनामा बनगाड कुपिन्डे नगरपालिका– १, आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन् । घाइते दुवैजना भेरी नदीमा पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए ।

तपाईको प्रतिक्रिया