सुर्खेत । कवि तथा कविकार बसन्तीकुमारी शाहीका दुई कृति सार्वजनिक भएका छन् । कर्णाली प्रदेश लाेकसेवा आयाेगका कार्याबहाक अध्यक्षसमेत रहेकी शाहीद्वारा लिखित कविता संग्रह ‘यादका थुँगाहरु’ र कथा संग्रह ‘आमा र आँसु’ कृतिलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जाेशीले शनिबार वीरेन्द्रनगरमा आयाेजित लाेकार्पण समाराेहमा विमाेचन गरेका हुन् ।

शाहीद्वारा लिखित कविता संग्रह यादका थुँगामा एक सय ४२ कविता संग्रहित छन्, भने आमा र आँसु कथासंङ्ग्रहमा १४ वटा कथा समेटिएका छन् । शाहीद्वारा लिखित दुवै कृतिमाथि स्वस्पर्सका लेखक डाक्टर नवराज केसी, साहित्यकार महेशविक्रम शाह, पत्रकार ज्याेति कटुवालले चर्चा गरेका थिए ।

नेपाल कर्म । १६ श्रावण २०८३, शनिबार १७:५०