
सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गतेका दिन साउने संक्रान्ति तथा देउडा पर्वको अबसरमा सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारको २४ चैत्र २०८२ सालको निर्णय अनुसार साउन १ गते (शुक्रबार) सार्वजनि बिदा दिने भएको हो ।
साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको प्रदेश सचिव लक्ष्मीकुमार विकले बताए ।


नेपाल कर्म । ३२ असार २०८३, बिहीबार १४:३६