
सुर्खेत । सुर्खेतमा कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् । बुधबार दिउँसो कर्णाली नदीमा पौडी खेल्ने क्रममा बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–३ का २५ वर्षीया रामबहादुर भण्डारी वेपत्ता भएका हुन् ।
भण्डारी सुर्खेतको चौकुने गाउँपालिका–१ तालागाँउस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

भण्डारीले जिल्ला सुर्खेत चौकुने गाउँपालिका–१ तालागाउ बस्ने प्रेमबहादुर साउदको लु ३ च ७६५२ नम्बरको बोलेरो गाडी चलाउदै आएका थिए ।


नेपाल कर्म । ३१ असार २०८३, बुधबार २१:४३