कर्णालीका चार मन्त्रीको राजीनामा स्वीकृत


सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ । कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीको राजीनामा स्वीकृत भएको हो ।



बुधबार सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी,

जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाएका थिए । उनीहरूको मुख्यमन्त्री कँडेलले राजीनामा स्वीकृत गर्दै रिक्त मन्त्रालय आफूमातहत राखेका छन् ।

तपाईको प्रतिक्रिया