जाजरकोटको कायाखेतमा शुद्ध खानेपानी, बस्ती नै पूर्ण सरसफाइ उन्मुख घोषित

जाजरकोट । नलगाड नगरपालिका-८ कायाखेतमा पूर्ण सरसफाइ उन्मुख समुदाय घाेषणा गरिएकाे छ । लामो समयदेखि स्वच्छ खानेपानीको पर्खाइमा रहेका कायाखेतबासीहरू घरघरमै इनलाइन क्लोरिनेटेड (राष्ट्रिय खानेपानी मापदण्ड अनुसारको) पानी पुगेपछि पूर्ण सरसफाइ उन्मुख घोषित भएकाे हाे ।



योजनाले स्थानीयको स्वास्थ्य, स्वच्छता र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्। सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाको आर्थिक तथा प्राविधिक सहयोग एवं नलगाड नगरपालिकाको समन्वय गरेकाे थियाे ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ अभियानलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्‍याउने स्थानीय समुदाय तथा गठित कार्यदलहरूलाई नगद र प्रशंसापत्रसहित पुरस्कृत गरिएकाे छ ।

कार्यक्रममा बोल्दै वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले योजनालाई दिगो राख्न र सरसफाइका सूचकहरूलाई निरन्तरता दिन उपभोक्ता समितिको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले नियमित पानी महसुल संकलन र ग्रामीण मर्मतसम्भार कार्यकर्ताको परिचालन जस्ता विषयमा उपभोक्ता समिति सक्रिय हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नलगाड नगरपालिकाका नगर प्रमुख, नगर उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया