सुर्खेतमा एमआरएफको पहिलो आधिकारिक शोरुम सञ्चालन

सुर्खेत। दक्षिण पूर्वी एशियाकै नम्बर १ टायर उत्पादक कम्पनी एमआरएफले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आफ्नो पहिलो आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ ।



कर्णाली क्षेत्रका ग्राहकहरूलाई उच्च गुणस्तरीय टायर सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ साकेत टायर इन्टरनेशनल प्रा.लि. ले करिब ३ करोड रुपैयाँको लगानीमा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको हो ।

एक विशेष समारोहका बीच एमआरएफ कोलकाता (कलकत्ता) क्षेत्रीय सेल्स म्यानेजर र साकेत टायर इन्टरनेशनल शोरुमको औपचारिक उद्घाटन गरिएको छ। ​सबै प्रकारका सवारीका लागि वान स्टप सोलुसन एमआरएफ कम्पनीले स्कुटर, मोटरसाइकल, जिप, कार, बस, ट्रक, टिप्पर, डोजर, क्रेनदेखि जेट विमानका लागिसमेत आवश्यक पर्ने सबै मोडेलका टायरहरू उत्पादन गर्दै आएको छ ।

भारतमा मात्रै यस कम्पनीका १० वटा ठूला अत्याधुनिक उद्योगहरू रहेका छन् । एमआरएफ लिमिटेडको समरभर (विश्वभर) गुणस्तरीय टायरका लागि प्रसिद्ध छ । ​शोरुम सञ्चालनमा आएपछि कर्णाली प्रदेशका ग्राहकहरूका लागि एमआरएफ कम्पनीका अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय टायरहरू सुर्खेतमै सुपथ मूल्यमा उपलब्ध हुनेछन् ।

एमआरएफको आधिकारिक शोरुमबाट ग्राहकहरूले सबै मोडेलका ओरिजिनल टायरहरू सहज र अत्यन्त सुपथ मूल्यमा प्राप्त गर्न सक्ने साकेत टायर इन्टरनेशनल प्रा.लि. का प्रबन्ध निर्देशक सूर्यमणि अधिकारीले बताए ।

​यस शोरुमको स्थापनाले कर्णालीको यातायात क्षेत्र, निर्माण व्यवसाय तथा व्यक्तिगत सवारी धनीहरूले गुणस्तरीय र टिकाउ टायरको सेवा स्थानीय स्तरमै पाउने बलियो विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया