
सुर्खेत । कालिकोटमा श्रीमान् र बाबु हत्या गरेको आरोपमा प्रहरीले आमा–छोरालाई प्रहरीले पक्राउ परेका छन् । सान्नित्रिबेणी गाउँपालिका–४ मेहलमुडी घर भई सोही गाउँपालिका–९ मुम्रा बस्ने ४८ वर्षीया सुर्यबहादुर शाही हत्या आरोपमा उनकै श्रीमति र छोरालाई प्रहरीले पक्राउ गरेको हो ।
गत जेठ २७ गतेका साँझ ८ः३० बजेको समयमा सान्नीत्रिवेणी गाउँपालिका–९ सुपेचौरस्थित गोरेटो बाटोमा मृत अवस्थामा शाहीको शव फेला परेको घटनाको सम्वन्धमा आवश्यक अनुसन्धानबाट उनकै छोरा र श्रीमतिको संग्लनता भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार उनीहरुलाई बिहिबार पक्राउ गरिएको हो ।
शाहीको मृत्यु प्रकरणमा उनकै १८ वर्षीया रुपेश शाही र ४१ वर्षीया श्रीमती राजकला शाहीले जेठ २७ सोही सान्नीत्रिवेणी गाउँपालिका–९ सुपेचौरस्थित गोरेटो बाटोमा टाउकोमा ढुङ्गाले प्रहार गरी कर्तव्य गरी मारेको खुल्न आएको सूचना अधिकारी ज्ञवालीले बताए ।


पक्राउ परेका शाहका श्रीमति र छोरालाई कालिकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

नेपाल कर्म । ५ असार २०८३, शुक्रबार १८:०३