
सुर्खेत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार बिहान नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार नियमिततर्फ ६९।७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।


बोर्डका अनुसार गत १४ देखि २७ वैशाखसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी थिए ।
परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :
Website:
१. राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np
२. नेपाल टेलिकमको website: https://neb.ntc.net.np
SMS सेवा :
१. NEB <space> Symbol No. टाईप गरी नेपाल टेलिकमको १६०० मा SMS गर्ने ।
IVR सेवा :
१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।
USSD सेवा :
१. * १६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

नेपाल कर्म । ५ असार २०८३, शुक्रबार १०:११