
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कर्णाली प्रदेश सभापतिमा पुनः मदन खड्का निर्वाचित भएका छन् । यस अघि सभापति रहेका खड्का पुनः मतदानबाट निर्वाचित भएका हुन् ।
अधिवेशनमा पाँच सय ३० प्रतिनिधिले सहभागिता जनाएकोमा चार सय जनाले मतदानमा भाग लिएका थिए, भने तीन जना चुनावी प्रतिस्प्रधामा उत्रिएका थिए ।
खड्काले दुई सय ८८ मतसहित सभापतिमा विजयी भएका हुन् । खड्काका प्रतिद्वन्द्वीहरु स्नेहा उपाध्याय नेपालले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे । सोमबारदेखि सुरु भएको रास्वपाको प्रथम अधिवेशनमा सोमबार साँझसम्म नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास असफल भएपछि मंगलबार बिहान मतदान गरिएको थियो ।
मंगलबार राती आएको चुनावी परिमाणले खड्का पुनः सभापति विजयी भएका हुन् ।


सुरुमा सभापतिका लागि पाँच जना आकांक्षी भएपनि तीन जनाले मात्र उम्मेदवारी दर्ता गराएका थिए । अन्य पदहरुमा मतगणना जारी छ ।

नेपाल कर्म । ३ असार २०८३, बुधबार ०९:३३