
वीरेन्द्रनगर । कर्णालीका एक सय ३२ औषधी पसलको दर्ता रद्द भएको छ । औषधि व्यवस्था विभाग कर्णालीका १० जिल्लाका एक सय ३२ औषधी पसलको मंगलबार दर्ता रद्द गरेको हो ।
देशभरका पाँच हजार ती सय पाँच भन्दा बढी औषधि पसलहरूको दर्ता रद्द गर्दा कर्णालीका एक सय ३२ दर्ता खारेज गरेको छ ।
औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्थाअनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको औषधी व्यवस्था विभागले जनाएको छ ।


औषधी व्यवस्था विभागका अनुसार दर्ता खारेज हुनेमा दैलेखका १९, सल्यानका १८, जाजरकोटका १२, जुम्लाका १२, कालिकोटका सात, सुर्खेतका ४८, मुगुका छ, डोल्पाका चार, हुम्लाका तीन र रुकुमपश्चिमका तीन वटा औषधी पसल रहेका छन् ।

नेपाल कर्म । ३ असार २०८३, बुधबार ०९:३२