सुर्खेत । सुर्खेत लेकबेसी नगरपालिका–१ टोन्पेका ५५ वर्षीया चन्द्रकला कसेरा भेरी नदीको किनारमा मृत अवस्थामा भेटिएकी छन् । मंगलबार बिहान ७ बजे घरबाट भान्जीको जान्छु भनेर हिडेकी कसेरा भेरी किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घरबाट भान्जीको घरमा जान्छु भनि घरबाट निस्किएकी कसेरा भान्जीको घरमा नपुगेर आफन्तले खोजतलास गर्दै जाने क्रममा लेकबेसी नगरपालिका–१ चिप्लेस्थित भेरी नदी किनारमा मृत अवस्थामा फेला परेको भने उनका आफन्तले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

घटनताको जानकारी हुनासाथ अस्थायी प्रहरी पोष्ट लेकफर्साबाट प्रहरी सहायक निरीक्षक बिबेक खनालको कमाण्डमा तीन जना, ईलका प्रहरी कार्यालय छिन्चु, सुर्खेतबाट प्रहरी निरीक्षक प्रकाश के.सी.को कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


नेपाल कर्म । ३ असार २०८३, बुधबार ०९:३०