
वीरेन्द्रनगर, सुर्खेत | कर्णाली प्रदेश रङ्गशालामा जारी “प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत आज (जेठ १७ गते) बिहान भएको पहिलो खेलमा जुम्लाले सानदार पुनरागमन जित दर्ता गरेको छ। सुरुवाती चरणमा १ गोलले पछि परेको स्थिति उल्टाउँदै जुम्लाले जाजरकोटमाथि ४–१ को रोमाञ्चक जित निकालेको हो।
खेलको पहिलो हाफमा जाजरकोटले अग्रता लिएको भए पनि दोस्रो हाफमा जुम्लाले उत्कृष्ट खेल प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो।

जाजरकोटको सुरुवाती अग्रता: खेल सुरु भएको ६ठाैँ मिनेटमै जाजरकोटका महेश शाह (जर्सी नं. ५) ले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफभरि जाजरकोटले आफ्नो १-० को अग्रता कायम राख्न सफल भयो।
दोस्रो हाफमा जुम्लाको कमब्याक (धर्मेन्द्रको ह्याट्रिक): दोस्रो हाफमा जुम्लाले रणनीतिक परिवर्तन गर्दै मैदानमा उत्कृष्ट पुनरागमन गर्यो। जुम्लाका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका धर्मेन्द्र कुँवर (जर्सी नं. १४) खेलको नायक बने। उनले खेलको ५५औँ, ५७औँ र अतिरिक्त समयको (९०+४ मिनेट) मा गोल गर्दै प्रतियोगिताकै अर्को सानदार ह्याट्रिक पूरा गरे।

इतेशले थपे चौथो गोल: खेलको निर्धारित समय सकिएर थप गरिएको अतिरिक्त समय (९०+४ मिनेट) मै जुम्लाका इतेश कुलाल (जर्सी नं. १३) ले अर्को थप गोल गर्दै टिमको ४-१ को सानदार जित सुनिश्चित गरे।
म्यान अफ दि म्याच
दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेर सनसनीपूर्ण ह्याट्रिक प्रहार गर्दै खेलको नक्सा नै बदल्न सफल भएका जुम्लाका धर्मेन्द्र कुँवर (जर्सी नं. १४) आजको खेलको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ दि म्याच) घोषित भए।
आज बिहानको यो खेल सम्पन्न भएसँगै अब आजै बेलुकी ठीक ३:३० बजे हुम्ला खार्पुनाथ र सिमा बीच अर्को प्रतिस्पर्धात्मक भिडन्त हुनेछ।

नेपाल कर्म । १७ जेष्ठ २०८३, आईतवार १०:१०