
सुर्खेत । सुर्खेतमा टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका ८ बजे भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ५२ को मानबहादुर चौधरीले चलाएको क.प्र. ०२–००१ ख. ०६४७ नम्बरको टिप्परले पैदलयात्री जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका–२ कालपानीका २३ वर्षीया कमल वलीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
टिप्परको ठक्बर दिँदा घाइते भएका वलीको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।


टिप्पर र टिप्पर चालकलाई घटनास्थलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतक वलीको शव अस्पतालको शवदाह गृहमा रहेको छ ।

नेपाल कर्म । १४ जेष्ठ २०८३, बिहीबार १३:३८