कर्णाली प्रदेश अस्पतालले सार्वजनिक बिदामा सेवा दिने


सुर्खेत । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतले सार्वजनिक बिदाका दिनमा पनि ओपिडि सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिनहरुमा पनि ओपिडि सेवा सञ्चालन गर्ने जनाएको हो ।



गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा÷उधौली पर्व, क्रिसमस डे, तमु ल्होछार, पृथ्वी जयन्ती, माघे संक्रान्ति, प्रजातन्त्र दिवस, नारी दिवस, ग्याल्पो ल्होसार, ईद–ईद उल फित्र र बकर ईद (ईद उल अजहा) जस्ता सार्वजनिक बिदाका दिनमा ओपिडि सेवा दिन अस्पतालले जनाएको छ ।

नेपाल सरकारले आकस्मिक रुपमा बिदा घोषणा गरेका शनिबार र आइतबार बाहेकका अन्य दिन ओपिडि सेवा दिने अस्पताल निर्देशक डा. गणेश थापाले बताए ।

तपाईको प्रतिक्रिया