बन्द रहेको कर्णाली करिडोर खुल्यो


सुर्खेत । बन्द रहेको कर्णाली करिडोर खुलेको छ । बाजुरा–हुम्ला सीमा विवादका कारण अवरुद्ध बनेको कर्णाली कोरिडोर खुलेको हो ।



हिमाली युवा क्लब तथा हिमाली गाउँपालिकाका राजनितिक दल र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुराबीच सम्झौता भएपछि खुलेको हो ।

जेठ २ देखि ४ सम्म बाजुरा र हुम्लाको सीमा हिमाली गाउँपालिका–३ र खार्पुनाथ गाउँपकालिका–२ को लामपाटामा अस्थायी प्रहरी चौकी राख्ने विषयमा विवाद उत्पन्न हुँदा कर्णाली करिडोर बन्द रहेको थियो । उक्त घटनापछि हिमाली युवा क्लबले बुधबारदेखि पालिकाको केन्द्र धुलाचौरमा कर्णाली कोरिडोर अवरुद्ध गराएको थियो ।

प्रहरी चौकी स्थापनाको विषयलाई लिएर खार्पुनाथ गाउँपालिका–२ का राय र थाली गाउँका बासिन्दाले प्रहरी चौकी निर्माणमा अवरोध गरेका थिए । राय र थाली गाउँका स्थानीयको कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ३ का वडा सदस्यसहित पाँच जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया