कर्णालीकमा स्थानीय तहका कर्मचारीको ब्यापक सरुवा


सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय तहका कर्मचारी ब्यापक रुपमा सरुवा गरेको हो । बिहिबार कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका एक सय ८९ कर्मचारीको सरुवा गरेको हो ।



मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले वैशाख २४ गते गरेको निर्णयानुसार प्रदेशका १० वटै जिल्लाका विभिन्न ७९ स्थानीय तहमा कार्यरत चौथोदेखि आठौँ तहसम्मका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

सरुवा हुनेमा सबैभन्दा बढी प्रशासन, इन्जिनियरिङ र शिक्षा सेवाका कर्मचारीहरू समेटिएका छन् । आर्थिक वर्षको अन्तिम चरणमा भएको यो व्यापक सरुवाले कतिपय पालिकाको कार्यसम्पादनमा प्रभाव पार्ने देखिएको छ भने लामो समयदेखि दुर्गममा कार्यरत कर्मचारीहरूले सुगम क्षेत्रमा जाने अवसर पाएका छन् ।

सरुवाको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://ocmcm.karnali.gov.np/content/720/according-to-the-decision-dated-01-24-2083–transfer/

तपाईको प्रतिक्रिया