
सुर्खेत । जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन् ।
बुढालाई बुधबार पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविनबाबु रेग्मीले बताए । घटना सम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको उनको भनाइ छ ।
पीडित महिलाको बयान अनुसार वडाध्यक्ष बुढाले पटक–पटक धम्क्याउँदै आफुलाई जबर्जस्ती करणी गरेको उजुरी दिइकी छन् ।


घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पीडित महिलाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले घटनाका आरोपित वडाध्यक्ष बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । २४ बैशाख २०८३, बिहीबार १५:२६