कर्णाली प्रदेशसभा बैठक आह्वान

सुर्खेत । कर्णाली प्रदेश सरकारले  प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेकाे छ। मंगलबार बिहान बसेकाे कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे।



सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त निर्णय प्रदेश सभाकाे दाेस्राे कार्यकालकाे आठौं अधिवेशन यहीँ बैशाख २८ गते साेमबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया