छापा हानेर प्रहरीले नियन्त्रणमा लियाे अवैध हतियार

सुर्खेत । बराहताल गाउँपालिकाबाट एक व्यक्ति अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिका-४ का ५३ वर्षीय शेर बहादुर रानालाई पक्राउ गरेको हो ।



अस्थायी प्रहरी पोष्ट तरंगा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रानाको घरमा छापा मारेको थियो । छापा मार्ने क्रममा उनको साथबाट अवैध रूपमा लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको बन्दुकसहित रानालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बाबियाचौरमा लगिएकाे छ । उनीमाथि हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया