
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा संचालित प्रहरी जवान (जनपद)को लिखित परीक्षा नक्कली परीक्षार्थी रहेका १२ जनालाई प्रहरीले नियमन्त्रणमा लिएको छ । शनिबार भएको परीक्षामा अर्काको नाममा नक्कली परीक्षार्थी बनी आर्थिक लाभ लिई सक्कली परीक्षार्थी प्रहरीले पक्राउ गरेको हो ।
नागरिकता तथा प्रवेशपत्रमा फोटो हस्ताक्षर बदली किर्ते गरी परीक्षामा सहभागी भएको अवस्थामा फेलापारी पक्राउ गरी ल्याई लिखत, किर्ते अपराधिक लाभ कसूरमा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले बताए ।
पक्राउ पर्नेमा नक्कली परीक्षार्थी बन्नेमा जाजरकोटका छेडागाड नगरपालिका–११ का १९ वर्षीया केशव थापा, दैलेख जिल्ला दुल्लु नगरपालिका–११ का १८ वर्षीया रमेश नेपाली, सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका–१३ का २४ वर्षीया बिरबहादुर ठाडा र जाजरकोट कुसे गाउँपििलका–२ का १९ वर्षीया बिपेश सिंह रहेको प्रहरीले जनाएको छ ।


त्यस्तै, नक्कली परीक्षार्थी बन्न लगाउनेमा जाजरकोट जुनेदाचाँदे गाउँपालिका–१ का १८ वर्षीया ललित रावल, जाजरकोट कुसे गाउँपालिका–२ का १८ वर्षीइा सुर्यकिरण शाही र जाजरकोट कुसे गाउँपालिका–२ का २१ वर्षीया निरज शाही रहेको प्रहरीले जनाएको छ ।
नक्कली परीक्षार्थी बन्नेमा जिल्ला जाजरकोट छेडागाड नगरपालिका–१० का १९ वर्षीया चन्द्र शाह, जाजरकोट जिल्ला कुसे गाउँपालिका–२ का २३ वर्षीया नवराज विक, बाँके जिल्ला बैजनाथ गाउँपालिका–२ का २४ वर्षीया रामु कार्की, बाँके जिल्ला बैजनाथ गाउँपालिका–१ का २५ वर्षीया मोतिलाल थारु र जाजरकोट जिल्ला कुसे गाउँपालिका–२ घर भई हाल सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २६ वर्षीया पुर्णबहादुर सिंहले मतियारको रुपमा काम गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नेपाल कर्म । १८ माघ २०८२, आईतवार १४:३७