कर्णालीका हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा पानी पर्दा किसान उत्साहित


सुर्खेत। कर्णालीका हिमालीहरुमा हिमपात र पहाडी जिल्लाहरुमा पानी पर्दा किसानहरु उत्साहित भएका छन् । कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा र जुम्लामा शुक्रबार मध्य रातिदेखि हिमपातसहित पानी परेको छ भने अन्य पहाडी जिल्लाहरुमा पानी परेको छ ।



किसानहरुले हिउँदे मौसममा गहुँलगाएतका बाली लगाउने भएकोले उत्साहित भएका हुन् ।

हिउँ नपर्दा हिउँदेवाली सुख्दै गएको समयमा अब हिउँदे बालीलाई राहात भएको छ ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ का किसान रतन रावतले हिउँ परेर हिउँदे बाली जोगिएको बताए ।

चिसोका कारण वृद्धवृद्धा, बालबालिका र बिरामीहरुलाई समस्या हुने देखिएको छ । शुक्रबार रातिदेखि बाक्लो हिमपात हुँदा स्थनीयको जनजीवन प्रभाावित भएको छ ।

चिसो बढेपछि बालबालिकालाई विद्यालय जान समस्या भएको मुगु छायानाथ रारा नगरपालिका वडा नं– २ की जयलक्ष्मी मल्ल बताए ।

रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया