निर्वाचनमा बालवालिकाको प्रयोग नगर्न अपिल


सुर्खेत । राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन २०८२ मा बालवालिकाको प्रयोग नगर्न अपिल गरिएको छ । बालवालिकाका लागि साझा अभियान(सिसिआर) कर्णाली प्रदेश बैठक बसेर निर्वाचनमा बालवालिकालाई प्रयोग नगर्न अपिल गरेको हो ।



आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनको समग्र प्रकृयामा शुरु भएसँगै बालवालिकाहरुको प्रयोग हुनसक्ने घटनाप्रति हामी बाल अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक समाज संस्थाहरुको सञ्जाल सिसिआर कर्णाली सम्पुर्ण राजनीति दल र स्वतन्त्र उम्मेदवारहरुलाई सचेत र सजक रहन अपिल गरेको छ ।

सिसिआरले लोकतान्त्रीक अभ्यासलाई मर्यादित, निष्पक्ष र अधिकार सम्मत बनाउन सबै सरोकारवालाहरुको भुमिका महत्वपुर्ण रहेको र निर्वाचन आयोगद्धारा जारी गरिएको निर्वाचन आचार संहिता २०८२ को परिच्छेद २ अन्र्तगत दफा ४ (ग) र (छ) ले बालबालिकालाई कुनै पनि निर्वाचन सम्बन्धी गतिविधिमा प्रयोग गर्न स्पष्ट रुपमा निशेष गरेकाले बालवालिकाको प्रयोग नगर्न अपिल गरेको छ । साथै विद्यालय तथा शैक्षिक परिसरलाई राजनीतिक गतिविधि, प्रचारप्रसार वा शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा प्रयोग नगर्ने व्यवस्था पनि रहेको जनाएको छ ।

सिसिआरले तर हालै मनोनय दर्ता लगायतका अन्य निर्वाचन लक्षित गतिविधिहरुमा १८ वर्ष मूनीका बालवालिकाहरुको प्रयोग हुनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ । यस्ता अभ्यासले कानून, आचारसंहिता तथा नेपालले बालवालिकाहरुको सन्र्दभमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धि अभिसन्धि र प्रतिवद्धताको उल्लंघन गर्नुका साथै बालवालिकाको शारीरिक, मानसिक र नैतिक विकासमा नकारात्मक असर पार्न सक्छ । तसर्थ निर्वाचनको समग्र प्रकृयामा १८ वर्ष मूनिका अवोध बालबालिकाहरुलाई प्रयोग नगर्न, सम्पुर्ण राजनीतिक दल, दलगत संगठन र स्वतन्त्र उम्मेद्धारहरुलाई अपिल गरेको छ ।
बालवालिकाको अधिकार र गरिमालाई केन्द्रमा राखी सुरक्षित र जवाफदेही निर्वाचन वातावरण निर्माण गर्न हामी सबैले आ–आफ्नो स्थानबाट योगदान दिन पनि सिसिआरले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया