कर्णालीमा १२ निर्वाचन क्षेत्रका १३४ जनाको उम्मेदवारी


सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा १३४ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये १३ जना स्वतन्त्र उम्मेदवारी दिएका छन् ।



कर्णाली प्रदेशमा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । ती निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाललगायतका दलहरूको उम्मेदवारी दिएका छन् ।

त्यसमध्ये कर्णालीबाट १३ जना महिला प्रतिस्थर्धी देखिएका छन । हुम्ला जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट टासी ल्हान्जोम, जुम्ला जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट विनिता कठायतले मनोनयन दर्ता गरेक छन । भने यस्तै गरी दैलेख क्षेत्र नं १ मा नेपाली कांगेसबाट बास्ना थापा, आम जनता पार्टीबाट मेनका श्रेष्ठ, क्षेत्र नं २ राप्रपाबाट बबिताकुमारी शाही ,र आम जनता पार्टीबाट तिर्थाकुमारी वंशी मगर बिकले मनोनयन दर्ता गरेका छन ।

यस्तै गरि सुर्खेत क्षेत्र २ मा तुल्सी खडका नेपाल मजदुर किसान पाटी , डोल्पाबाट जुनु भणडारीले मितेरी नेपाल र सल्यानबाट राष्ट्रिय जनमोर्चा पाटीमा कमला डागी, र रुकुम पश्चिमबाट प्रेमा दमाइले मनोनयन दर्ता गराएका छन

तपाईको प्रतिक्रिया