
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले सुर्खेत–१ मा ध्रुव शाही र सुर्खेत–२ मा कुलमणि देवकोटालाई उम्मेदवार बनाउने भएको हो ।
सल्यानबाट एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाह उम्मेदवार बनेका छन् । रुकुम पश्चिमबाट जिल्ला अध्यक्ष नन्दराम देवकोटाले पुनः टिकट पाएका छन् ।

कालीकोटबाट एमालेले नागेन्द्र शाही (नेसनल) लाई उम्मेदवार बनाउने भएको छ । जुम्लाबाट उम्मेदवारको टिकट पाएका शान्तिलाल महत र मुगुका पूर्णबहादुर रोकाया नयाँ अनुहार हुन् ।

हुम्लाबाट दल फडेरा निर्वाचनमा भाग लिँदै छन् । डोल्पामा जिल्ला अध्यक्ष लंकबहादुर रोकाया उम्मेदवार बनेका छन् ।
दैलेख–१ बाट रवीन्द्रराज शर्मा र दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल उम्मेदवार बनेको एमालेले जनाएको छ ।
त्यस्तै जाजरकोटबाट एमालेको उम्मेदवार बनेका डम्मरबहादुर सिंह बनेका छन् ।

नेपाल कर्म । ४ माघ २०८२, आईतवार १३:४३