बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु



बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्य हुनेमा डडेल्धुरा आलिताल गाउँपालिका–३ का १३ बर्षिय राकेश रावल, सिगास गाउँपालिका–१ का २४ बर्षिय निशान्त बोहरा र २८ बर्षिय भानदेव भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सुर्नया गाउँपालिका–६, मोतिनगरबाट डडेल्धुरातर्फ जादै गरेको म १ ज २२४ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए । पाटन नगरपालिका–८ को विजयपुर नजिक उक्त दुर्घटना भएको उनले बताए । सोमबार बिहान करिब १० बजेको समयमा दुर्घटनामा घाइतेहरुलाइ उप क्षेत्रीय अस्पताल डडेल्धुरा लगिदै छ । स्थानीयहरु तुरुन्तै उद्धार कार्यमा खटिएको र प्रहरीले पनि उद्धार गर्दै अस्पताल पठाउदै गर्दा घाइतेहरुको यकिन संख्या आइ नसकेको रायले बताए ।

जिपमा करिब २० जनासम्म सवार रहेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया