भरुवा बन्दुकसहित रावत पक्राउ


सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका–९ स्थित सिम दमार क्षेत्रबाट भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् ।



बुधवार प्रहरी टोलीले लेकबेशी–९ सिम दमारबाट ३८ वर्षीया धनबहादुर रावतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी बाटोमा हिँडिरहेको अवस्थामा एक थान भरुवा बन्दुकसहित फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रावतलाई नियन्त्रणमा लिएपछि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया