बाघको आक्रमणबाट एक जनाको मृत्यु


सुर्खेत । बाघको आक्रमणबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट भेरीगंगा नगरपालिका– ५ गेरबानी नरबहादुर सारुको श्रीमती ५७ वर्षीया गंगा सारुको मृत्यु भएको हो ।



मंगलबार कसैलाई जानाकारी नगराई घरदेखि निस्केकोमा बुधबार ९ बजेको समयमा निजको दुई जना नातिनी घरदेखि अन्दाजी एक सय मिटर उत्तर सालघारीमा बाख्रालाई घाँस काट्न गएको अवस्थामा सारुले लगाएका कपडा चप्पलसहित त्यहाँ रगत देखिएको र छ सय मिटर पूर्व टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधिरराज शाहीले बताए । उनका अनु्सार अस्थायी प्रहरी पोष्ट बबई प्रहरी टोली, नेपाली सेनाको टोली, वनको कर्मचारी र स्थानीय जनप्रतिनिधि समेत गरी २० ÷२५ जनाएको टोली खटिएर जादाँ पश्चिम बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु खाएको अबस्थामा शरिर फेला परेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया