सुर्खेतमा नाटक ‘एक चिहान’ मञ्चन




सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चर्चित नाटक ‘एक चिहान’ मञ्चन भइरहेको छ। हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यासमा आधारित यो नाटक नाट्य शाला (काठमाडौँ) को आयोजनामा आइतबारदेखि प्रदर्शन सुरु भएको हो।

वीरेन्द्रनगरस्थित कौशिक पार्टी प्यालेसमा भइरहेको यो प्रदर्शन आगामी पुस २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। हालसम्म ७५ औँ शो पूरा गरिसकेको यस नाटकको नाट्य रूपान्तरण तथा निर्देशन नकुल पौड्यालले गरेका हुन्। दैनिक चार पटक (बिहान ८, ११, दिउँसो २ र साँझ ६ बजे) प्रदर्शन हुने नाटकका लागि ३०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

कक्षा १२ को पाठ्यक्रममा समावेश यस उपन्यासलाई रङ्गमञ्चमा हेर्न विद्यार्थी र साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता छ। निर्देशक पौड्यालका अनुसार पाठ्यपुस्तकमा सीमित कथालाई प्रत्यक्ष मञ्चनमार्फत हेर्दा विद्यार्थीहरूको सिकाइ थप प्रभावकारी र दीर्घकालीन हुनेछ।

तपाईको प्रतिक्रिया