सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट नेपालगन्ज जादै गरेकाे फाेर्स गाडी भेरी पुल नजिकै दुर्घटनामा परेकाे छ । रत्न राजमार्गको सुब्बाकुना-छिन्चु खण्डको भेरी पुल नजिकै फाेर्स गाडी दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ भने १४ जना यात्रु घाइते छन् । मृत्युु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ५० वर्षीय फहित अन्सारी छन् । गम्भीर घाइते अन्सारीको कर्णाली प्रदेश अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।
अन्य घाइतेको माया नर्सिङ हाेममा उपचार भईरहेकाे छ । उनीहरूकाे अवस्था सामान्य रहेकाे प्रहरीको भनाइ छ । भे १ ख ३७५० नम्बरको फार्स ओभरस्पिडका कारण अनियन्त्रितहुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।


फाेर्सले सडकमा राखिएको किलोमिटर संकेत दिने पिल्लर नै भत्काएर २० मिटर पर पुगेर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । १४ असार २०८०, बिहीबार १९:२६