अन्तर्राष्ट्रिय बाल दिवस : कविता प्रतियाेगितामा जनमाविका छात्रा दीक्षा चाैलागाइ प्रथम

सुर्खेत । अन्तर्राष्ट्रिय बाल दिवसकाे अवसरमा आयाेजित कविता प्रतियाेगितामा जन नमूना माध्यमिक विद्यालयका छात्रा दीक्षा चाैलागाइ प्रथम भएकी छन् । प्रतियाेगितामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय (खजुरा) का छात्र सन्दीप खड्का दाेस्राे र जन नमुना माध्यामिक विद्यालय छात्र दिनेश परियार तेस्राे र साेही विद्यालयका छात्रा एलिना साही चाैथाे भएका हुन् ।



एई.आइ.एन. लक्जेम्बर्गको साझेदारी तथा सोसेक नेपालद्वारा सञ्चालित बिहानी परीयोजनाले दिवसकाे अवसरमा आयाेजना गरेकाे प्रतियाेगितामा वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १,२,६,७ र ८ भित्रका मावि विद्यालयमा अध्ययनरत छात्र र छात्रा सहभागी थिए ।

जेन्जी आन्दोलनले बालबालिकामा पारेको असर तथा प्रभाव बिषयमा कबिता प्रतियेगीता गरिएकाे परियाेजना संयाेजक माया अधिकारीले जानकारी दिइन् । अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र बाल अधिकार सुनिश्चितताका लागि सचेतना जगाउन प्रतियाेगिता सञ्चालन गरिएकाे संयोजक अधिकारीले बताइन ।

प्रतियाेगितामा जन नमुना माध्यामिक विद्यालय, आनन्द मावि, प्रभात मावि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, श्रीकृष्ण संस्कृत तथा साधारण मावि, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय (खजुरा) गरी ६ वटा बिद्यालयका एक छात्र र एक छात्रा गरी १२ जना बालबालिकाहरुले सहभागी थिए ।

कार्यक्रममा वीरेन्द्रनगर २ नम्बर वडाध्यक्ष गजबहादुर बुढा, वीरेन्द्ननगर नगरपालिकाका शिक्षा शाखाका बरिष्ठ शिक्षा अधिकृत दीपककुमार शाही, महिला तथा बालबालिका शाखा प्रमुख सरला रेग्मी, शाखा अधिकृत माधुरी न्यौपाने र वडा नम्बर ६ का वडा सदस्य कमला नेपालीसमेत सहभागी थिए ।

विद्यार्थीले आफ्ना मनमा लागेको बिचार र भावनाहरूलाई कवितामार्फत व्यक्त गर्ने अवसर मञ्च सोसेक नेपाल तय गरेकाेमा सहभागीहरूले प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया